प्रदेश ५ को नाम र राजधानीको कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीद्वारा स्वागत , रुपन्देही कांग्रेसले भने गर्यो बिरोध

प्रदेश नं. ५ मुख्य समाचार समाचार
13 Shares

दाङको देउखुरी क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय न्यायोचित र स्वागत योग्य निर्णय भएको नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बताएका छन् । दाङको देउखुरीलाई प्रदेश राजधानी बनाउने कुरा अत्यन्तै न्यायोचित र स्वागतयोग्य छ  र मैले पहिलैदेखि भन्दै आएको कुरा यही थियो। यसकै लागि अस्थायी राजधानी तोके देखि नै पार्टीमा फरक मत दर्ज गराएको बताएका छन।

उनले प्रस्ताव पेश गर्दै प्रतिपक्षीलगायत सांसदलाई नाम र राजधानीमा समर्थन जनाइदिन पनि आग्रह गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेका छन् । कांग्रेस सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरोध गरिन् ।

उनले सर्वसत्तावाद लादेर नाम र राजधानीका नाम पेश गरिएको पनि आरोप लगाइन् । सभामुख पूर्णबहादुर घर्तीले आज सांसदलाई बोल्न समय नदिइएको बताए । संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

राजधानी र नामकरणका लागि दुई तिहाइ मत चाहिन्छ । प्रदेशसभामा नेकपाको दुईतिहाई मत छ । केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।

उता नेपाली काँग्रेस रुपन्देहीले उक्त निर्णय बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस रुपन्देहीले शुक्रबार नै प्रेस बिज्ञप्ती जारी गरी प्रदेश सरकारका बिरुद्ध कडा चेतावनी दिएको हो।

सरकारको उक्त निर्णय बिरुद्धका आन्दोलन तथा संघर्षका कार्यक्रममा साथ दिनकालागि समेत आम रुपमा आह्वान गरेको छ ।नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले नै विपक्ष दललाई आन्दोलनको निम्तो दिएकाले त्यसबाट हुने क्षतीको समेत जिम्मेवार स्वयम सरकार हुने जानकारी समेत गराईएको छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap