३० जेठ/ माओवादी द्धन्द्धकालमा बाल सेना दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) र पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । न्यायाधीश मल्लको इजलासमा ६ नम्बरमा पेशी परेको छ।
पूर्वबाल सैनिक लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गरेका थिए। निवेदकहरूले हाल प्रधानमन्त्री समेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै रिटमा कारबाहीको माग गरेका छन्। उनीहरुले अनमिनको वर्गिकरणका क्रममा आफूहरुलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्। रिटमा आफूहरुलाई परिपुरण, क्षतिपूर्ति र न्याय दिलाई भराई पाउन विपक्षीहरुका नाममा परमादेश जारी गर्न समेत माग गरेका छन्।