नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले सत्ता पतनको सुरुवात भएको बताएका छन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी लगायतका घटनाबाट सत्ता पतनको सुरुवात भएको बताएका हुन।
उनले ट्विटरमा लेखेका छन, ‘ कुनैपनि सत्ताको पतनको सुरुवात निश्चित घटनाक्रमले तय गर्छ । यहाँको सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुँको आपत्तिजनक र निन्दनीय घटनाले गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुँ कांग्रेस कार्यवाहक सभापति समेतलाई गरिएको दुर्व्यवहार र गिरफ्तारीको भत्सर्ना गर्दछौं ।”
वरिष्ठ नेता पौडेललाई बुधबार तनहुँमा गिरफ्तार गरिएको थियो र व्यापक बिरोधका कारण बेलुकी रिहा गरिएको छ।