नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाइएको निगमले जनाएको छ।
निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने ग्यांँसको मूल्य भने यथावत छ ।
यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।