पूर्व विद्यार्थी संजय केसीलाई मृगौला प्रत्यारोपणका लागि शिक्षक तथा कर्मचारीले आर्थिक सहयोग गरेका छ्न। त्रिभुवन जन माध्यमिक बिधालय, शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटाका शिक्षक तथा कर्मचारीले सो बिधालयका पूर्व विद्यार्थी संजय केसीको उपचारको लागि तेईस हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेका हुन। आफ्नो पूर्व विद्यार्थीका दुबै मृगौला फेल भएर उपचारको क्रममा रहेको खबर पाएपछि बिधालय परिवारको आकस्मिक बैठक बसी सक्दो सहयोग गरि केसीको उपचारमा सहयोग गर्न सबै स्टाफ तयार भएको बिद्यालयका प्रधानाध्यापक वायु कुमार ब्राह्मणले बताए। मृगौला प्रत्यारोपनका लागि उनकै श्रीमतिले मृगौला दिन लागेकी हुन। मृगौला प्रत्यारोपणको लागि बिद्यालय परिवारले गरेको आर्थिक सहयोगले धेरै राहत महसुस गरेको बाबू शुकलाल खत्रीले बताए। सेवा नै धर्म हो भन्ने मान्यतालाइ अंगिकार गरेर आर्थिक सहयोग गर्ने बिद्यालय परिवारलाई बाबु शुकलाल खत्रीले हार्दिक आभार प्रकट गरेका छन। शारदा नगरपालिका वडा नम्बर १५ चौर गाउँ निवासी केसीको डायलासिस काठमाडौको भैराखेको बताइएको छ।