नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा पुगेका बेला गत आइतबार दाहाल निवास खुमलटारमा गौतमसहित सचिवालयका ६ जना सदस्यबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट पार्टी संचालन गरेको भन्दै असन्तुष्टी जनाएका थिए। त्यसअघि शनिबार दाहाल र ओलीबीचको भेटमा ओलीले पार्टीबाट अलग भएर जानका लागि दाहाललाई चुनौती दिएका थिए।