नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले पार्टीलाई बलियो बनाउन भाषण गरेर मात्र नहुने बताएका छन। नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाहरूले शनिबार दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन भाषण गरेर मात्र नभई जनतासम्म पुगेर उनीहरूका सुखदुःख बुझ्न सक्नुपर्ने बताएका छन।
कोरोनाले जनता आहात भएको समयमा समेत सरकारले स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता गरेर संसार हँसाएको बताए। जनतालाई राहत दिनुको साटो सरकार आफै भ्रष्टाचारमा लिप्त छ। कोरोना महामारीप्रति सरकार संबेदनशील छैन। बिदेशमा रहेका नेपालीको उद्दार गर्न समेत सरकार पुरा असफल भएको आरोप लगाए।
जनताले दिएको अभिमतलाई लत्याएर झुटको खेती गरेको छ। नेता गिरीले सरकारले आस्थाका आधारमा विभेद गरे सहेर नबस्ने चेतावनी समेत दिएका छन।
अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कम्युनिस्टहरूले जनतालाई झुक्याएर ल्याएको अभिमत अपराधी जोगाउन र भ्रष्टाचारीलाई बचाउन प्रयोग गरेको बताए।
प्रदेश सभाका सदस्य शंकर गिरीले सरकार सत्ताको खेलमा रुमलिइ रहेको अवस्थामा कांग्रेसलाई दिशानिर्देश गर्न शुभेच्छुक संघसंस्थालाई आग्रह गरे।
त्यस्तै नेपाली कांग्रेस, दाङका सचिव शंकरप्रसाद डाँगीले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताएका छन। उनले भने- पार्टी बलियो भएमात्र सबै बलियो हुन्छौं।
डेमोक्रेटिक एशोसियसनका अध्यक्ष निर्मल गौतमको सहजीकरणमा भएको कार्यक्रममा प्रेस युनियनका सल्लाहकार विपुल पोख्रेलले विषय प्रवेश गराएका थिए भने नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमर खडका, शिक्षक संघ, दाङका अध्यक्ष युवराज बस्नेत लगायतले आफना विचार राखेका थिए।