पाँच वर्षमा गाउँपालिकाका सम्पूर्ण गाउँमा बिजुली, संचार, सडक, खानेपानी पुर्याउछौँ: मानबहादुर डाँगी

कर्णाली मुख्य समाचार विकास
2 Shares

त्रिवेणी गाउँपालिका, सल्यानका अध्यक्ष मानबहादुर डाँगीले आफ्नो कार्यकालको ५ वर्ष भित्रमा गाउँपालिका भित्रका सबै गाउँहरूमा बिजुलीको पहुँच, संचारको सुविधा, सडकको पहुँच र शुद्ध खानेपानी पुर्याउने बताएका छन।आफू नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि नै ५ वर्षे विकास रणनीति बनाएको हुँदा हिजो वितरणमुखी ससाना बजेट निर्माण गरेको र अवको दुई वर्ष समृद्धिका लागि ठुला योजनाहरुलाई प्राथमिकता दिने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ अभ्यासमा रहेकाले कानुनको निर्माण गर्नु पर्ने थप जिम्मेवारी वहन गर्दै परिणाममुखी काम गर्न सफल भएको जनाएका छन।

नेपाल मुनसित कुरा गर्दै अध्यक्ष डाँगीले पूर्वाधारतर्फ गाउँपालिकाका ६ वटै वडा जोड्ने सडकहरू, लुहाम खोलामा पक्की पुल, वडा नं. १ को गैरीकटेरी रिखे हुँदै दाङ जोडने सडक, लुहाम- फलावाङ- मख्खनटाकुरी हुदै दाङ तुलसीपुर जोडने सडको काम भैरहेको बताए।

उनले भने- गाउँपालिकाले ४ वटा गौरवका सडकहरू लुहाम बजारदेखि वडा नं. ५ हुँदै रोल्पा जोडने सडक, रिखे- राजागिठी हुँदै खैराबाङ जोडने सडक, काभ्रादेखि अखेला हुँदै दाङ जोडने सडक लगायतका थुप्रै काम सुरु गरेको पनि बताए।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्वास्थ्यलाई आधारभूतरूपमा उपयोग गर्न स्वास्थ्य नीति निर्माण गरी सार्वजनिक बिदाका दिनमा पनि स्वास्थ्य संस्थाले आम मानिसलाई सुबिधा दिने बनाएका छौँ । शिक्षाको क्षेत्रमा शैक्षिक उन्नयनका लागि स्थानीय कला, संस्कृति, भाषा, भेषभुषा जगेर्ना गर्न नेपाल कै नयाँ अभ्यासका रूपमा स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन गरेका छौँ । सबै बिद्यालयमा इ हाजिरी जडान गरी शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाएका छौँ ।

गाउँपालिकाको पर्यटन प्रबर्द्धनका लागि त्रिवेणी तीर्थशाला धाम, पीमखोला पिकनिक स्पोट र थर्कोट लेकलाई पर्यटक गन्तव्यको रूपमा अगि बढाएका छौँ । गाउँमै स्वरोजगार बनाउनका लागि  विभिन्न कृषि फर्मलाई प्रोत्साहन गर्नका लागि मेहनती किसानलाई पुरस्कृत गरेको पनि अध्यक्ष डाँगीले नेपाल मुनसित बताए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap