पहिलो चोटी गाडी चढ्दाको अनुभूति

कला / साहित्य विचार समाचार
225 Shares

सपना भन्डारी बस्नेत                      कुरा २०५४ सालकाे हाे ।  सल्यानको गाउँमा जन्मिएकी म पहिलोचोटि गाडी चढ्न पाउने भएपछि मन साहै फुरुङ्ग भएको थियो।  फुरुङ्ग भएर बस चढे । गाडीमा बसेपछि यताउता आँखा डुलाउन थाले,सुनेकी थिए गाडिमा चढेपछि  रिङगाटा लाग्छ। बाहिर हेरेपछि गाडी नदौडेर सडक वरिपरिका रुख घरहरु दौडेको अनुभूति हुन्छ। जे सुनेकी थिए मलाई नि त्यस्तै अनुभूति भयो।

खाजा खान भनेर गाडी रोकिएपछि मेरो मानसपटलमा यसको आविष्कार गर्ने मानिसको सोच कताबाट आयो होला भन्ने लागेर गाडीलाई अगाडि पछाडि गएर हेरे।त्यहिबेला गाडीकाे भित्तामा लेखिएका  मुक्तकले मेरो मनलाई छोयो। गाडीमा लेखिएका साइरी भनौ या मुक्तक अहिले पनि सम्झन्छु किनकी मलगायत मेरा साथीहरु यस्ता साइरीहरु बिद्यालयमा खुब चाख राखेर सुन्ने सुनाउने गर्थिम। गाडीमा लेखिएको थियो –
‘सडक पाङ्ग्राकाे लाागि पाङ्ग्रा सडकको लागि भने भन प्रिय म तिम्रो लागि तिमी कस्काे लागि ?’
‘गाडीको ठक्करबाट र केटीकाे चक्करबाट बच्नुस’

यस्तै एउटा सुचना पनि लेखिएको थियोे-

आफ्नो समानकाे सुरक्षा आफै गर्नुस् ”
अर्को एउटा लेखिएकाे थियोे-

‘अपरिचित व्यक्तिले दिएकाे कुनै पनि चिज नखानुहोला’। याे अन्तिम वाक्यले भने  मलाई सतर्क बनायाे। ओहो! गाडीमा बस्दा अपरिचित व्यक्तिले दिएकाे खानु हुँदो रहेनछ भनेर। यात्रा थियाे ,सल्यानदेखि बर्दिया सम्मकाे । यात्राको क्रममा भाइ र म एउटै सिटमा थियौ। यात्रा रमाइलो लाग्याे मलाई । भाइ पनि पहिलोपटक बसेकाले उ पनि खुब रमाइलो मानेको थियोे । बाबा अलि अगाडिको सिटमा बस्नुभएकाे थियोे।
हामी बर्दिया पुगेर असार साउन २ महिना बसेर फर्कने भयौ। बांँसगडी भएर काेहलपुर आएर गाडी चढेेेर सल्यान फर्कदै  थियौ। म एकजना बुढी आमा बसेको सिटमा गएर बसे। बाबा र भाइ अलि अगाडि सिटमा बस्नुभयाे । बुढी आमासंँग सिट भएपछि म ढुक्कसँग बसे, यात्रा रमाइलो लाग्याे, लामाे जङ्गलका रुखहरु स्पिडले दाैडने, गाडी क्रस गर्दा हुइत्त पाे जान्थ्यो। खुशीले फुरुङग भएकी मैले संगै बसेकी बुुुुढी  आमालाई सोधे हजुुर कहाँसम्म पुग्नुहुन्छ ? आमा लमही पुुुुगेर उत्रनु भयाे। अब भने मलाई डरले सतायो। कस्तो मान्छे छेउमा आउने हाे भनेर। नभन्दै एकजना जेन्स आएर कालाे ब्याग सिट्मा राखेर बाहिर गयाे । साेचे लेडिजका लागि पनि सिट रोकेेको हुनसक्छ तर काेहि अरु नआएर आफै आएर बस्यो। मलाई डरको साथै रिस पनि उठ्यो। मलाई लागेेको थियो, महिला आएर बसेको भए  कुरा गर्दै बाटो काट्न सजिलो हुन्थ्यो। त्याे मान्छे पनि यस्तै २० /२५ बर्षकाे जतिको जवान म पनि १५/१६ काे थिए। उ नजिकै बस्दै मलाई एउटा पंँहेलाे खाेल भएकाे लामाेलामाे चिज(बस्तु)खान दियाे । अब भने मलाई झन् पाराे तातियाे म केही बाेलिन। उसले खानलाई आग्रह गरिरहेेेको थियोे। थाहांँ नपायर नखाएकाे कि भन्नेठानेर हाेला उसले खाेलेर दिएकाे थियो तर म त्याे चिज नजानेर थाहांँ नपाएर भन्दा पनि अपरिचित व्यक्तिले दिएकाे नखानु भनेर गाडीमा लेखेकोले मैले खाएन।
उसले खान दिएको त्याे चिज मैले कहिले पनि देखेको थिएन तर देखेको थाहांँ पाएकाे भए पनि म खाने थिएन किनकी उ अपरिचित मान्छे थियोे । लमहीदेखि घोराहीसम्मको यात्रामा उसले मलाई धेरै कुरा साेधेकाे थियोे। कहाँ हाे घर? कहाँ जाने? कहाँबाट आएको? कतिमा  पढछौ? आदि आदि।

घोराही आइपुगेपछि गाडीको हेल्परले घोराही झर्ने कोही हुनुहुन्छ भनेर करायो। अनि त्यो मानिसले म छु भनेर झर्ने तरखर गर्दा मलाई अति खुशी लाग्यो। मैले अन्जानमा पुलुक्क हेर्दा उसले पनि मलाई हेरेको रहेछ। सायद उसले दिएको चिज मैले अस्वीकार गरेकाले उसलाई अनौठो लागेर हेरेको हुनुपर्छ।

जब मेरो २०५६ सालमा बिबाह भयो। त्यतिबेलाबाट नै हाम्रो पसल थियो। त्यसपछि म आफ्नो पसलमा गएँ। त्यतिखेर त्यो युवकले दिएको तर मैले लिन इन्कार गरेको चिज आफ्नै पसलको टाँरीमा देखे। अनि मेरो बुढालाई सोधे, यो चिज के हो? भनेर। उहाँले यो बनना चुइगम हो भन्नुभयो। यो त्यही चिज हो कि होइन भनेर खोलेर हेरे, उही पातलो पत्तामा भएको चिज नै रहेछ। अनि त्यो मान्छेको माया लागेर आयो। अहिले पनि गाडी चढ्दा त्यो क्षणको याद आउँछ।जुन घटना मेरो जीवनको अविस्मरणीय क्षणका रूपमा रहिरहेको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap