काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुुन। कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरेेकाा हुुन। सो अवसरमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताएका छन। सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भन्नुभयो ‘पञ्चायत छाडेर सुर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो’ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उहाँको भनाई थियो ।