नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन स्थापित गर्ने बताएका छन। १४औं महाधिवेशनले नयाँ नेतृत्व निर्माण गरी नेपाली कांग्रेसलाई भरोसाको केन्द्र बनाउनु पर्ने बताएका छन। त्यसपछि न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकन स्थापित गरी गुटबन्दीको अन्त्य हुने बताए।
नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्नुपर्छ। अहिलेको नेतृत्वले भ्रातृसंस्थालाई अस्थिपन्जर बनाएर राखेको छ। भ्रातृसंस्थाका बारेमा केन्द्रीय समितिले गर्ने निर्णयलाई मुख्यसचिव मार्फत बिज्ञप्ति जारी गरेर म्याद थपेको प्रति असन्तुष्ट पौडेलले विधान मिचेर आफुलाइ बलियो बनाउन खोजेर नेता भइन्छ ? भनेर प्रश्न गरे।
समाजलाई लोकतान्त्रिक गर्न पहिले कांग्रेस नै लोकतान्त्रिक हुनुपर्छ। मानिसलाई शोषण गर्ने र कसैलाई मालिक, कसैलाई नोकर र कसैलाई भोटरको रुपमा मात्र नहेरी मानिसकै रुपमा हेर्नुपर्छ। मानिसभित्र अनेक चाहना, भावना, विचार र चिन्तन पनि हुने भएकालेे मानिसलाई मानिसले मानिसका रुपमा हेर्नुपर्ने र यो नै समाजवादको असली सुत्र भएको बताए।
पुस्ताका कुरा गरेर आफ्नो योगदानको अवमूल्यन नगर्न आग्रह गर्दै नेता पौडेलले ३० वर्षको पञ्चायतसँगको लडाइँमा कहाँनेर चुके ? म शान्तिपूर्वक बस्ने छु लेखेमात्र जेलबाट छुट्थे तर मैले कहिले सम्झौता गरिन। म आस्थाको बन्दी भएर बसे। मेरो विचार थुन्नका लागि १४ वर्ष जेलमा थुनेका हुन।
हामीले वीपीको विचार छोडेका छैनौ। यसको प्रमाणका रुपमा हाम्रो संविधान रहेको छ। हाम्रो पार्टीको विधान रहेको छ। वीपीले चाहेको संविधानसभा मार्फतको संविधान बनाउने कार्यभार पुरा गरेका छौँ। राजालाई प्रजातन्त्र चाहिएको छैन भने हामीलाई नि राजा चाहिदैन भनेर गिरिजाबाबुलाई प्रेसर गरेर आफूले नै राजा फालेको नेता पौडेलले बताए।
नेता पौडेलले कम्युनिस्टको सरकार कुहिरोको काग बनेको र विकासको प्राथमिकता छुट्याउन नसकेको बताए।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आयोजित ‘लोकतान्त्रिक समाजवादको सान्दर्भिकता ‘ विषयक भर्चुअल कार्यक्रममा पार्टीभित्र समाजवाद सहन गर्न नसक्ने मानिसहरू पनि भएकाले समाजवादको प्रेरकका रुपमा काम गर्न सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई आग्रह गरे।