नेपाल शिक्षक संघ शारदा नगरको दोस्रो अधिवेशनबाट मोहनलाल विष्ट निर्विरोध निर्वाचित भएका छन। शनीवार श्रीनगरमा भएको अधिवेशनले २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नेपाली कांग्रेस, सल्यानका सभापति केशबहादुर विष्टको प्रमुख आतिथ्यता र कर्णाली प्रदेशका प्रदेश सभा सांसद एवं नेपाली कांग्रेसका सल्यानका प्रदेश सभापति शुरेश अधिकारी र शारदा नगर उपप्रमुख सुस्मिता सापकोटाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रम २६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सकिएको हो।
नयाँ कार्यसमितिको महिला उपाध्यक्षमा रुपा चन्द, खुला उपाध्यक्ष सागर बस्नेत, सचिव दिनेशकुमार विएम, अर्थसचिव गायिका विएम, सहसचिव सुकलाल रोका, हरिदेवी शर्मा, तारा हमाल, पार्वती भण्डारी रावत अर्थ सहसचिव मीना बुढाथोकी चयन भएका हुन।
त्यस्तै नगर कार्यसमितिको सदस्यहरुमा सृष्टि शाह, शान्ति केसी,वुद्दिप्रसाद थापा, पवित्रा भण्डारी, कमला सेजवाल, गोपाल पुन, दीपक थापा, प्रमिला रोका, विमला खडका, गौरी बुढाथोकी, रीता रेउले, गोपाल भण्डारी, मीना रावत, कमला थापा, पोखरी बुढाथोकी र राजेशकुमार अर्याल चयन भएका छ्न।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेपाली कांग्रेस, सल्यानका सभापति केशबहादुर विष्टले नेपाल शिक्षक संघको राजनीतिबाट नै पार्टीको राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै शिक्षकको हकहितमा सदैव रहने विश्वास दिलाएका थिए। शिक्षक नै देशको बौद्धिक बर्ग भएकाले मुलुकको भविष्य कोर्ने गहन जिम्मेवारी पनि इमानदार ढंगले बहन गर्नुपर्ने कुरामा जोड दिए।
कर्णाली प्रदेश सांसद शुरेश अधिकारीले शिक्षक मैत्री प्रदेश कानुन बनाउन लाग्ने बताएका थिए।
नेपाल शिक्षक संघ शारदाका अध्यक्ष तेजप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगर उपप्रमुख सुस्मिता सापकोटाले शिक्षाको आमूल सुधारको लागि शिक्षक संघसंगठनसित समन्वय गरेर नगरपालिका अघि बढने बताएकी थिइन।
कार्यक्रममा नेपाल शिक्षक संघका सचिव युवराज रेग्मी, सहसचिव डिल्ली रावत, अर्थ सचिव खडानन्द ओली, नेपाली कांग्रेस , शारदा नगर सभापति दीपक हमाल , ट्रेड युनियन कांग्रेस, सल्यानका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वीरबहादुर सेजवाल लगायतले आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सन्चालन शिक्षक ललित पुनने गरेका थिए।