नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले गरे सल्यान तरुण नेतालाई खुकुरी प्रहार गर्नेलाई कार्वाहीको माग

समाचार
294 Shares

नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले बनगाड कुपिन्डे नगरपालिकाका सचिव कमल पुन माथी  खुकुरी प्रहार गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्न माग गरेका छन। आइतबार राती सुर्खेतको सिम्ता गाउँपालिकाको रिठाबोटमा बाटोमा हिडिरहेका पुन माथि खुकुरी प्रहार भएको थियो।

‘बाटोमा हिडिरहेका पुन माथि भएको आक्रमणले सरकारको सुरक्षा संयन्त्र माथि नै प्रश्न चिन्ह खडा भएको छ। खुकुरी प्रहार गर्ने अपराधीहरुको खोजी गरी कार्वाहीको दायरामा ल्याउन समेत तरुण दल जोडदार माग गर्द्छ।’ महासचिव शाहीले भने।

ज्यानमार्ने मनसायले गरेको घट्नाको भत्सर्ना गर्दै शाहीले भने – यदि सरकारले न्यायको प्रत्याभूति नदिए नेपाल तरुण दल चुप लागेर बस्दैन।

घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सिम्ताले जनाएको छ। खुकुरी प्रहारमा संलग्न रहेको आशंकामा दुइ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते पुनको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको छ। खुकुरी प्रहारबाट पुनको पेटमा बढी चोट लागेको र शरीरका अन्य भागमा समेत चोट रहेको पारिवारिक श्रोतले जनाएको छ।

 

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap