नेपाली कांग्रेस, सल्यानले नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृतिदिवस मनाएको छ। ‘समसामयिक अवस्था’ विषयक विचारगोष्ठीको आयोजना गरी आज वीपी स्मृति भवन, खलंगामा कार्यक्रम भएको हो।
नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य डिल्लीराज रेग्मीको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस सल्यानका कार्यबाहक सभापति निमबहादुर ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाह, नेताहरू मानबहादुर डाँगी, केशरबहादुर बिष्ट, एकराज डाँगी, सन्तोष केसी, सीता केसी, करुणा खड्का, नेपाल ट्रेड युनियन कांग्रेस, सल्यानका अध्यक्ष विरबहादुर सेजवाल लगायत नेताहरुले वीपी कोइरालाको विचारको अहिलेको अवस्थामा देखिएको सान्दर्भिकताका बारेमा आआफ्नो धारणा राखेका थिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहसचिव सन्तोष सेन ओलीले गरेका थिए।