नेपाली कांग्रेस सल्यान आन्तरिक सांगठन सुदृढीकरणको लागि “विशेष आन्तरिक अभियान’’ सुरु भएको छ । जिल्ला समन्वय समितिको, सल्यानको सभा हलमा बुधबार एक कार्यक्रमको बिच उक्त अभियानको सुरु गरिएको नेपाली कांग्रेस सल्यानले जानकारी दिएको छ ।
नेपाली काग्रेस शारदा नगर सभापति दिपक हमालको
अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्वमन्त्री , कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कर्णाली प्रदेश सभाका नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाही रहनु भएको थियो कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य डिल्ली राज रेग्मी र नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री एक राज डाँंगी रहनु भएको थियोे।
नेपाली कांग्रेस शारदा नगर कार्यसमिति , सल्यानको आयोजना र नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार आन्तरिक संगठन सुदृढीकरणका लागि श्रावण २४ गतेदेखि ३० गते सम्म “विशेष आन्तरिक अभियान” सुरु गर्ने निर्णय बमोजिम नेपाली कांग्रेस सल्यानमा पनि उक्त अभियान सुरु गरेको नेपाली कांग्रेस सल्यानका सभापति केशवहादुर विष्टले जानकारी दिनुभयो। सात दिनसम्म सञ्चालनमा रहने कार्यक्रममा विशेषगरि नेपाली कांग्रेस, सल्यानको वर्तमान अवस्था, भावी कार्ययोजना लगायत पार्टीको विविध गतिविधिका विषयमा समिक्षाका साथै पार्टीको समग्र अवस्थाको बारेमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँकार्यसमिति, वडा कार्यसमितिसँग विषेश रुपमा समीक्षा गरिने भएको छ ।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय निर्णय अनुसार सुरु भएको आन्तरिक संगठन सुदृढीकरणको लागि ‘‘विशेष आन्तरिक अभियान” को लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले प्रतिनिधि खटाएको नेपाली कांग्रेस सल्यानका सभापति बिष्टले जानकारी दिनुभएको छ । नेपाली कांग्रेस पार्टीको सल्यानको अवस्था, जिल्लाको बर्तमान गतिविधि लगायत विविध विषयवस्तुको बारेमा केन्द्रीय प्रतिनिधि र प्रदेशबाट खटिएका प्रतिनिधिहरुले यहाँको अवस्था टिपोर्ट गरेर केन्द्र र प्रदेशका लैजाने बताइएको छ ।
नेपाली कांग्रेस पार्टीले सल्यान जिल्लाको पाटीको अबस्था बुझ्न र केन्द्रको पाटीको निर्देशन र सर्कुलरलाई तल्लो तह सम्म लैजानको लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही सल्यान आउनु भएको छ । त्यस्तै प्रदेश सभा क र प्रदेश सभा ख मा सहमहामन्त्री एक राज डाँगीलाई कर्णाली प्रदेशले खटाएको नेपाली कांग्रेस , सल्यानले जानकारी दिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य,नेपाल सरकारका पुर्ब मन्त्री , कर्णाली प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले कार्यक्रममा बोल्दै पार्टीले आन्तरिक संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको अभियान विशेष गरि पार्टीलाई सम्पुर्ण गतिविधिमा बलियो बनाउन छलफल र बहस हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तनका लागि नेपाली कांग्रेस पार्टीले गरेको इतिहास कायम छ त्यसलाई पछ्याउदै जानुपर्छ ।” त्यसकारण उहाँले इतिहासलाई सम्झिदै वर्तमान समयमा नेपाली कांग्रेस पार्टी विगतका गल्ती तथा कमजोरीलाई सच्याउदैँ अघि बढ्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसको संगठनलाई सुदृढीकरण गर्नका लागि पार्टीमा भएको नातावाद, कृपावादलाई अन्त्य गर्न संगठनलाई बलियो बनाउनु पर्ने कुरा बताउनु भएको थियो ।कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएका नेपाली कांग्रेस नेता पूर्व केन्द्रीय सदस्य डिल्ली राज रेग्मीले नेपाली कांग्रेसमा हामी सबैको खुन पसिना रहेकाले यो हामी सबैको साझा प्रयत्नले बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। कर्णाली प्रदेशका सहमहामन्त्री एक राज डाँगीले विशेष गरि नेपाली कांगेस पार्टीको केन्द्रीय समितिले गरेको निर्णयहरुलाई सबै जिल्लाहरुले कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ। पार्टीको संगठनलाई बलियो बनाउनको लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको समयमा गरेका घोषण–पत्र बमोजिम जनताको अपेक्षा, चाहानाहरुलाई सम्बोधन गरे नगरेको बारेमा बिशेष समीक्षा गरिने बताउनु भयो ।नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यो अभियान सञ्चालन गर्दै गर्दा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय समितिले तयार पारेको कार्यविधि अनुसार नेपाली कांग्रेस सल्यानले अभियान कार्यन्वयन गर्नको लागि पार्टी सकृय रहने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पार्टीले सञ्चालन गरेको अभियान वडा पालिका तहदेखि जिल्ला सम्म कांग्रेसलाई बलियो बनाएर जानको लागि सक्रिय रहने बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सल्यानका सभापति केशवहादुर बिष्ट , कर्णाली प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश ख सभापति सुरेश अधिकारी, जिल्ला समन्वय प्रमुख बेलाराम रावल, जिल्ला कार्यसमिति सल्यान उप सभापति सन्तोष केसी, सचिव प्रकाश भण्डारी र एकराज बुढाथोकी,सह सचिब पदम बुढाथोकी, नेपाली कांगेस क्षेत्र नं १ प्रदेश क का सभापति सुरेश चन्द, महाधिबेशन प्रतिनिधि पदमा शाह , शारदा नगरपालिका नगर उपप्रमुख सुस्मिता सापकोटा लगायत नेपाल शिक्षक संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेकोे थियोे। सो कार्यक्रम नगर सचिव अनिल भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको र कार्यक्रम संचालन सचिव कुल बहादुर रावतले गर्नुभएको थियो।