नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

समाचार
0 Shares

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो।

बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap