नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् ।आज जनकपुराधाममा नेपाल प्रेस युनियन केन्द्रीय समितिको आयोजनामा १०९ औं विपी जयन्तीका अवसरमा आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अवका चुनौती विषयक विचारगोष्टीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।
नेता कोइरालाले भने ,‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्यो नत्र बहुमत कहाँबाट बन्छ ? गठबन्धन दलका नेताहरू १०० सिट दिने पक्षमा हुनुहुन्न ।
तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् । यो कुरालाई हामीहरुले पटक पटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौं । आज र भोलि भित्र उहाँहरुले केही न केही निर्णय गर्नुपर्छ ।’ नेता कोइरालाले भने।