नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन लाग्न आम कांग्रेसीलाई आग्रह गरेका छ्न। कांग्रेसलाई कम्युनिस्टका झुट्टा नारामा अल्मलिएका जनताको भरोसाको केन्द्र बनाउन लाग्नु पर्ने बताए ।
उनले भने- कम्युनिस्टहरु आज कागजी बाघ भएका छ्न।यिनीहरू नारा दिनसक्छ्न , समाधानमा पुर्याउन सक्दैनन। समस्या जन्माउन सक्छ्न, समाधान दिन सक्दैनन। यिनीहरू हल्ला मच्चाउन सक्छ्न मानवका समस्यालाई ठिक ढंगले अगाडि बढाएर समाधान गर्न सक्दैनन।
नेकपाले हल्ला गरेर यत्रो भोट ल्यायो तर समाधान केही दिएन । कहाँ छ्न गरिव जनता? कहाँ छ्न निमुखा जनता ? कहाँ छन विकटतामा जीवन बिताइरहेका कर्णालीका जनता? आज तिनीहरुको जीवनस्तर उकास्न के कार्यक्रम ल्यायो ? केवल झुट्टा नारा मात्र दियो। जनतालाई हात्ती आयो फुस्सा बनायो।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको आयोजनामा आयोजित ‘ लोकतान्त्रिक समाजवादको सान्दर्भिकता : गाउँमुखी अर्थनीति , जनमुखी राजनीति’ बिषयक कर्णाली प्रदेशको कार्यक्रममा बोल्दै नेता पौडेलले मानिसलाई कसैको आधिपत्यबाट मुक्त राखी शान्त समाज निर्माण गर्न चाहेको बताए।
लोकतान्त्रिक समाजवादको आदर्श विपन्न जनताको आय हो। राजनीतिक स्वतन्त्रता , आर्थिक सामाजिक न्याय दिन सक्नु नै समाजवादी विचार भएको बताए ।