नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपाको सरकार पारदर्शी र जवाफदेही नभएको आरोप लगाएका छन् ।
काठमाडौंको बसन्तपुरमा अनसन बसिरहेका इनफ इज इनफका अभियन्ता युवा ‘ई’ को अभियानमा ऐक्यबद्धता जनाउन अनसनस्थल पुगेका डा. कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
नेता कोइरालाले भने-कोरोना भाइरसको संकटको समयमा पनि सरकार अधिनायकवादतर्फ गइरहेको छ र सरकारले विज्ञहरुका कुरा सुनेको छैन अनि जवाफदेही र पारदर्शी पनि छैन।
नेता कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पूर्णसमर्थन रहेको भन्दै संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा धन्यवाद दिएका थिए।
सत्याग्रहमा बसेका युवाहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिबद्धता जनाउँदै नेता कोइरालाले कोरोना भाइरसको प्रभावकारी व्यवस्थापन गर्न माग गरे ।