सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक साउन ४ गते बस्ने गरी स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनिए पनि ३ बजेसम्मका सारिएको बैठक साउन ४ गते आइतबार ३ बजे बस्ने भनी स्थगित गरिएको हो।
बैठक बस्नु अघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिच भएको बैठकले केहि निकास निकाल्न नसके पछि बैठक स्थगित गरिएको श्रोतले बताएको छ।
नेकपा भित्र विवाद कायमै रहेको र सहमतिको लागि थप समय आवश्यक रहेकाले बैठक सारिएको नेताहरूले बताए।