नेकपाका साथीहरू ! खडक ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुस: गगन थापा

समाचार
8 Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले के पी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा पार्टीलाई अपील गरेका छन। नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनुस, अब खडक प्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुहोस।

प्रधानमन्त्री ओलीले एक कार्यक्रममा मर्यादा पुरुष श्रीराम नेपालकै भएको भनी दिएको अभिव्यक्ति नेकपाको आन्तरिक किचलोमा आफ्नो कुर्सी जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो भनेका छ्न।

थापाले भनेका छन: प्रधानमन्त्रीलाई राम्रोसँग थाहाँ छ , यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउछ। त्यस्का आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई कथित रास्ट्रवादी बनाउने र पार्टी भित्रको बिद्रोह थाम्ने कडीका रुपमा नै के पी ओलीबाट संवेदनशील बिषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

थापाले भने- आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउँमा राख्ने प्रधानमन्त्रीको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौ। यसलाई हल्का रुपमा नलिऔ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap