नगर प्रमुख भन्डारीले गरे बादी समुदायका दुई बालिकालाई निशुल्क प्राविधिक शिक्षा पढाउने घोषणा

कर्णाली समाचार
0 Shares

शारदा नगरपालिका, सल्यानका नगर प्रमुख प्रकाश भण्डारीले आर्थिक अवस्था कमजोर भएका दुई बालिकालाई निशुल्क प्राविधिक शिक्षा पढाउने घोषणा गरेका छ्न। शारदा नगरपालिका १ शान्तिनगरको वादी समुदायका आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा लिनबाट बन्चित भएका दुईजना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा दिने घोषणा गरेका हुन।                                बादी बस्ती शान्तिनगर पुगेर नगर प्रमुख प्रकाश भण्डारीले बस्तीका मानिसहरुसँग भेटघाट गरेर त्यहाँको समस्याका बारेमा छलफल गरेका थिए।                                                                        भेटका क्रममा वादी समुदायका समस्या र मागका विषयमा छलफल भएको नगर प्रमुख भन्डारीले नेपाल मुनसित बताए।
नगरप्रमुख भन्डारीले भने – ” बादी समुदायलाई सिपमुलक तालिम दिई रोजगारीमा जोडी आत्मनिर्भर बनाउनको लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानसँग सहकार्य गरि नगरपालिकाले विभिन्न सिपमुलक कार्यक्रम संचालन गर्नेछ।”
भेटघाटमा नगर प्रमुख प्रकाश भण्डारी, सोही वडाका अध्यक्ष प्रदिप पाण्डे, कार्यपालिका सदस्य प्राण कुमार राई, वडा सदस्य आनन्द श्रेष्ठ, लेखा अधिकृत गोपाल बस्नेत, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृपजंग शाहीको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap