धर्म र आस्थालाई हतियार बनाएर सत्ताको मलजल स्वीकार्य हुदैन:शेखर कोइराला

समाचार
0 Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले धर्म र आस्थालाई राजनीतिक र कुटनीतिक हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि स्वीकार्य नहुने बताएका छ्न।

प्रधानमन्त्री के पी शर्मा वलीले अयोध्याका बारेमा अप्रमाणित , विवादास्पद र गैर जिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीती खल्बल्याउने मात्र नभै नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेको बताए ।

कोइरालाले आफ्नो फेसबुकमार्फत भनेका छन- जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा कसैसँग सम्झौता गर्न सक्दैनौ त्यसैगरी भारतीयहरु मर्यादापुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केहि कुरा सुन्न चाहदैनन् ।

अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो, धर्म र आस्थालाई राजनीतिक र कुटनीतिक हतियार बनाएर सत्ताको मलजल गर्नु स्वीकार्य नहुने जनाए।

 

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap