देउवालाई नसमात्नुस , पौडेललाई नसमात्नुस, कांग्रेसलाई समात्नुस: वरिष्ठ नेता पौडेल

मुख्य समाचार
0 Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा देउवा र पौडेल गुट नसमात्न आम कांग्रेसीलाई आग्रह गरेका छ्न।शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले मेरो पक्ष र तेरो पक्षमा भनेर गुटबन्दी नगर्न आग्रह गरे।

उनले भने- ‘ अव चौधौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरौं । मैले सबैलाई भनेको छु, देउवालाई पनि नसमात्नुस, पौडेललाई पनि नसमात्नुस। कांग्रेस समात्नुस, रुख समात्नुस, लोकतन्त्र समात्नुस, लोकतान्त्रिक गणतन्त्र समात्नुस अनि कांग्रेसप्रति जनतामा गएको गलत सन्देशलाई चिर्नुस।’

सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गरेका ३१ जना पर्वतारोहीलाई नेपाली कांग्रेसमा प्रवेश गराइ वरिष्ठ नेता रामचन्द्र पौडेल ,नेताहरू नविन्द्र राज जोशी ,उदयशमशेर राणा, जिपछिरिङ लामाले स्वागत गरेका थिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap