अमृतकाजी शर्मा
दाङ, ११ बैशाख, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यक्रम अन्तर्गत दाङ शाखाले दीप प्रज्वलन कार्यक्रम गरेको छ । तुलसीपुर स्थित बिपी चोकमा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले २०६२/६३ को मर्म र भावना विपरीत गतिविधि भै रहेको बताउनुभयो।
कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मीले शान्ति समाजले सन्चालन गरेको खवरदारी अभियान प्रति प्रशंसा गर्नुभयो ।
शान्ति समाजका पूर्व केन्द्रीय वरिष्ठ उपसभापती सुशील बस्नेत, शान्ति समाज दाङका संस्थापक सभापति एवम बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले राष्ट्रिय उत्सब लोकतन्त्र दिवस भयको तर जनयुद्ध दिवस राष्ट्रिय उत्सब हुन नसक्ने बताउनु भयो ।
शाखा सभापति नवीन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण मानव अधिकार तथा शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्माले गर्नु भएको थियो । शान्ति समाजले राष्ट्रिय उत्सव लोकतन्त्र दिवस कि जनयुद्ध दिवस लगायत समेटिएकाे दुई पानाको अवधारणा पत्र समेत वाचन गरेको थियो। शान्ति समाजले बैशाख ११ गतेका दिन लोकतन्त्र दिवसलाई पर्वका रुपमा मनाउदै आएको छ ।