अमृत काजी शर्मा
दाङ , ९ असार / दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ बागरका ३२ बर्षिय समिर केसी र दंगीशरण गाउँपालिका ३ चखौराका ३७ बर्षिय रामनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
केसीको घटनास्थलमै मृत्यु भएको हो भने चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत दुबैजनालाई खेतबारीमा काम गर्ने क्रममा चट्याङले हानेको हो । मृतक दुबैको शब राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा राखिएका छ । उनीहरुलाई आज साझ पख ६ बजेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ ।