दाङ,२१ भदौ
दाङ जिल्लामा थप एक हप्ताको लागि लकडाउन थपिएको छ। जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले लकडाउनलाई केही खुकुलो बनाउन सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार संचालन गर्ने निर्णय गरेको हो।
बैठकले भदौको २८ गतेसम्म लकडाउन गर्ने र सोमवारदेखि लागु हुने गरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्वर लागु गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी समेत रहेका समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । सार्वजनिक यातायातका साधनहरु भने चल्न पाउने छैनन् ।