दाङमा दशैं कोसेली र शुभकामना आदानप्रदानका साथ जेष्ठ नागरिक दिवस सम्पन्न

मुख्य समाचार
0 Shares

अमृत काजी शर्मा
दाङ,१५ असोज
दशै कोसेलीका साथमा मानव अधिकार तथा शान्ति समाजले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसलाई मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रीत ब्यक्तिहरुसँग मनाएको हो । उक्त आश्रममा आश्रित ६० बर्ष माथिका वृद्धहरुलाई तरकारी,नुन तेल,दाल, चामल,मसला लगायतका खाद्यान्न शान्ति समाजले उपलब्ध गराएको हो ।
दिवसका अवसरमा तुलसीपुर स्थित जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले शान्ति समाजले जेष्ठ नागरिकलाई सम्मान गरेको पाउँदा खुशी लागेको बताए।

शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले परिवार र राज्यबाट सम्मान नपाई सडकमा पुगेका जेष्ठ नागरिकलाई सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्ने बताए। परिवारबाट सडकमा पुगेका र बिभिन्न कारणले कसैबाट पनि रेखदेख नपाएका ६० बर्ष माथि उमेरका जेष्ठ नागरिकका लागि सरकारले नै आश्रम बनाई औषधि उपचार लगायतका सुबिधा दिनुपर्ने बताए ।

शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले संयुक्त राष्ट्र संघको महासन्धि र नेपालको संबिधान २०७२ को मौलिक हकमा ब्यबस्था गरिएका अधिकार सुनिश्चत गर्न माग गरे।

बरिष्ठ अधिबक्ता डिल्लीराज धितालले जेष्ठ नागरिकको हालको अबस्था र उनीहरुको आबश्यकता,नेपालको प्रचलित कानूनमा भएका ब्यबस्था लगायतमा चर्चा गरेका थिए। सो अवसरमा मानव सेवा आश्रम तुलसीपुरका संयोजक हिरु जोशी,आश्रममा आश्रीत र जेष्ठ नागरिक छविलाल दर्जीले दशै कोसेली उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गरेका थिए।

शाखा सभापति नविनकुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य शान्ति समाज दाङका सदस्य निर्मला गौतमले र कार्यक्रमको सहजिकरण सचिव अमृत प्रसाद शर्माले गरेका थिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap