त्रिभुवन जन मा. बि., माल्नेटाले मनायो ५८औं बालदिवस

कर्णाली शिक्षा समाचार
0 Shares

त्रिभुवन जन माध्यमिक विद्यालय, माल्नेटा, सल्यानले ५८ बालदिवस मनाएको छ।  “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार”भन्ने मुल नारालाई अंगिकार गर्दै विविध कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो।                                                                                                           बालमैत्री नारा र प्लेकार्ड सहित विद्यालयबाट सुरु भएको -याली  शारदा नगरपालिका वडा नम्बर १४ र १५ का टोलहरु ठारढुँगा, डाँडागाउँ, चवरगाउँ हुँदै फेरी बिद्यालयमा आएर सकिएको थियो।        बालदिवसको अवसरमा विद्यालयले अन्तर सदनात्मक घैँटो फोड कार्यकम आयोजना गरि बालदिवस भव्यरुपमा मनाएको विद्यालयका सहायक प्रधानाध्यापक पृथ्वी बुढाथोकीले बताए।                                                                                                       बालदिवसको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रमले बालअधिकार र हाम्रो कर्तव्यका बारेमा बुझ्ने अवसर पाएकोले खुशी भएको  कक्षा १० मा अध्ययनरत छात्रा सावित्रा पुनले बताइन।       बालबालिका देशका कर्णधार हुन भन्ने तर शिक्षा क्षेत्रप्रति राज्य उदासीन बन्नु हामीजस्ता विद्यार्थीहरुका लागि दु:खद रहेको कक्षा १० मै अध्ययनरत छात्रा कोपिला कवँरले दुखेसो पोखिन।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap