तुलसीपुरमा ५ किलो अफिमसहित श्रीमान श्रीमती पक्राउ

प्रदेश नं. ५ मुख्य समाचार
0 Shares

असोज १०, दाङको तुलसीपुरबाट पाँच किलो अफिमसहित दुई जना पक्राउ परेका छन् । तुलसीपुरको गुम्राह चोकबाट गएराति अफिमसहित रोल्पाको थबाङ घर भइ हाल तुलसीपुर बस्दै आएका ४६ वर्षीय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी बुढा पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ गरेको जानकारी दिए । एसपी चन्दले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap