तुलसीपुरमा अन द स्पर्ट स्वाव संकलन

प्रदेश नं. ५ मुख्य समाचार समाचार स्वास्थ्य
2 Shares

भदौ १३, दाङ तुलसीपुर उपमहानगरपालिका दाङले कोरोना नियन्त्रणका लागि अन द स्पर्ट स्वाब संकलन गरेको छ। तुलसीपुरका बढी भिडभाड हुने चोक, होटल, सवारी साधन, मासुमार्केट, तरकारी व्यवसायी लगायत विभिन्न स्थानबाट शुक्रवार स्वाब संकलन गरेको हो।

तुलसीपुरमा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोनाको अवस्था बुझ्नका लागि स्वाब संकलन गरिएको जनाइएको छ। विपद व्यवस्थापन शाखा र जनस्वास्थ्य पर्वद्द्न शाखाको टोली सम्बन्धित स्थान मै पुगेर स्वाब संकलन गरेको हो।

शुक्रवार तुलसीपुरमा २ सय ३४ जनाको समुदाय स्तरमा स्वाब संकलन गरिएको छ। अहिले बजार खुला भएकाले तुलसीपुरका विभिन्न ठाउँबाट बजार आउने भएकाले सबै वडाको संक्रमणको अवस्था जानकारी हुने नगरपालिकाको विश्वास छ।

बुधबार मात्रै तुलसीपुरका ४ जनामा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले सो अभियान सुरु गरेको थियो।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap