तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत उपाध्याय घुससहित पक्राउ

प्रदेश नं. ५ समाचार

तुलसीपुर उप-महानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृत  कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् । शुक्रबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा नागढुंगामा पक्राउ गरेको हो ।

उनीसँग १ लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ । घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap