नेपाल तरुण दल कालीमाटी गाउँपालिकाको अध्यक्षमा गगनसिंह कँवर सर्वसम्मत निर्वाचित भएका छन। नेपाल तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा शुक्रबार भएको अधिवेशनबाट गगनसिंह कँवर निर्विरोध निर्वाचित भएका हुन।
जिल्ला समन्वय समिति, सल्यानका प्रमुख एवं नेपाली काँग्रेसका नेता केशबहादुर बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कमला अधिकारी, नेपाल तरुण दलका कार्यबाहक अध्यक्ष सविन हमाल, कालीमाटी गाउँपालिकाका नेपाली कांग्रेसका संयोजक टोपबहादुर केसी, शारदा नगरपालिकाका नेपाली कांग्रेसका सभापति सचेत शाह, तरुण दल सल्यानका उपाध्यक्ष जगत बुढाथोकी, शारदा नगर तरुण दलका अध्यक्ष नोगेन्द्र बुढा लगायतको सहभागिता रहेको थियो।
नेपाल तरुण दल, कालीमाटीको ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष सुरेन्द्र वस्नेत, सचिव मेघराज केसी, सहसचिव ओमप्रकाश खत्री र कोषाध्यक्षमा प्रतिभा केसी रहेका छन। सदस्यहरुमा सेवक रावत, भुपेन्द्र पुन, तेजबहादुर खत्री, मेघबहादुर थापा, डिलबहादुर सुबेदी र टंक घर्ती रहेका छन।