कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकाले टेवुल वर्कभन्दा फिल्ड वर्कबाट काम थालनी गर्नु पर्ने बताए।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णालीमा प्राङ्गारिक कृषि प्रर्वधनका लागि सरोकारवालाहरुको क्षमता अभिबृद्धि परियोजनाको उपलब्धि एवं भावी कार्यदिशा विषयक गोष्ठीमा मन्त्री शर्माले टेवुल वर्क भन्दा फिल्ड वर्कमा जोड दिनु पर्ने बताएका हुन।
कर्णाली प्रदेश अर्गानिक उत्पादनको केन्द्र भएकाले यसमा लागानी गर्ने संघ प्रदेश तथा स्थानीय सरकार तथा अन्तर्राष्ट्रिय गैर सरकारी साझेदार संस्थाहरु र गैर सरकारी संस्थाहरुको बाटो फरक नभए एउटै गन्तव्य हुनु पर्ने बताए।
मन्त्री शर्माले कर्णाली प्रदेशले कृषि उत्पादनमा आत्मनिर्भरता बढाउदै कृषि उत्पादनबाट नै रोजगार सृजना गर्ने परिकल्पना गरेकाले यसको कार्यान्वयन गर्न लगानीकर्ता एक ठाउँमा उभिनु पर्ने जोड दिए।
चलनचल्तीबाट अब कर्णाली समृद्धिको यात्रा पुरा नहुने भएकाले गैरसरकारी संस्थाले सफ्टवयरमा काम गर्ने, नेताले भाषणमा, कर्मचारीले कागजमा काम गर्ने पद्धतिको अन्त्य गर्न सबैलाई एक ठाउँमा ल्याउने प्रयास थालेको बताए।
लगानीकर्ताले लगानीको प्रतिफल उत्पादन र रोजगारमा भन्दा तथ्याङ्कमा बढी जोड गर्ने भएकाले अब टेवुल हैन फिल्डमा जानु पर्ने कागजमा भन्दा ब्यबहारमा जोड दिन निर्देशन समेत दिए।