जोगिने भयो मुख्यमन्त्री शाहीको कुर्सी

कर्णाली मुख्य समाचार

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले साथ दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ । वरिष्ठ नेता नेता नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका छन् ।

उनीहरुले हस्ताक्षर फिर्ता लिन सहमत भएसंगै शाहीको कुर्सी सुरक्षित भएको छ । आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो ।

मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार नेपाल पक्षीय सांसदसँग मन्त्रीमण्डल पुनर्गठनको सहमति भएको छ । सहमति भएसँगै संसदीय दलका नेता शाहीले नेपाल पक्षका सांसद कर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् । उनी अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनामध्ये एक हुन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap