जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अत्यावश्यक बाहेकका सेवा स्थगित

मुख्य समाचार समाचार

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोरोना संक्रमण बढेपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अर्को सूचना नआएसम्मका लागि भन्दै अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्न निर्देश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै संक्रमणको जोखिम बढेसँगै कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएकोले अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

सूचनामा भनिएको छ, “सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।”

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउनेछन।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap