ग्लोबल आई.एमई बैंङ्कको वित्तिय साक्षरता कार्यक्रम सल्यानको श्रीनगरमा सम्पन्न

अर्थ कर्णाली
0 Shares
सल्यान,५ पुष ।ग्लोबल आई.एमई. बैङ्कले  सल्यानको श्रीनगरमा आज एक कार्यक्रम सम्पन्न गरेको छ ।वित्तिय साक्षरता डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम आज होटेल युनाईटेडमा सञ्चालन गरेको हो । बैंकले आफ्ना सेवाग्राहीलाई बैंकसम्म धाउनु पर्ने बाध्यता हटाइ  ग्राहकको घरमै बैंक पुर्याउने उद्देश्यका साथ देशव्यापी कार्यक्रम सन्चालन गरेको बताइएको छ।                                                     ग्लोबल आई.एमई बैङ्क सल्यानका शाखा प्रबन्धक सुबोध ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा चिफ अफ कन्ट्री अपरेशन अनामीका सिंहले  सहजीकरण गरेकी थिइन भने प्रशिक्षण बिजय सापकोटाले दिएका थिए ।यस्ता कार्यक्रमहरु देशव्यापीरुपमा चलिरहेकोले ग्रहाकहरुलाई समेत सहज हुने प्रशिक्षणमा बताइएको थियो।                                                                                                  बैंक स्थापनाको भएको १५ वर्षमै देशको सबैभन्दा बढी पुँजी भएको नं.१ बैंक भएको जानकारी दिदै चिफ अफ कन्ट्री अपरेसन  अनामीका सिंहले भनिन – “ग्राहकको विश्वासका कारण नै आज ग्लोबल आइ एम ई बैंक देशकै ठूलो बैंक भएकोले म अत्यन्तै खुशी छु।”  आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान देशका विभिन्न ठाउँमा वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम गर्दै हिँडेको समेत बताइन।                                                                     बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसनको प्रयोग, यसको सुरक्षा र प्रयोगबारे बैंकका कर्मचारी विजय सापकोटाले प्रशिक्षण दिएका थिए। सापकोटाले ग्राहकलाई बैङ्कमा झन्झट बढि हुने र घरबाटै मोबाईल एपको प्रयोग गरेर बैंङ्कको सेवा लिन सकिने विषयमा प्रष्ट पार्दै सोका बारेमा ग्राहकलाई डिजिटल प्रविधिमा लिनका लागि देशभर यो कार्यक्रम बैंकले सन्चालन गरेको बताए ।                                           कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी,महासचिव मोहन सारु,क्षत्रेश्वरी गाउँपलिकाका अध्यक्ष सन्तोष के.सी , शिक्षकहरु युवराज रेग्मी, तेजप्रसाद न्यौपाने, तिलकराज ओली लगायत स्थानीय व्यापारीहरु गरी ९० जनाको उपस्थिति रहेको ग्लोबल आई.एमई बैंङ्क, श्रीनगर शाखाका कर्मचारी गोविन्द आभाष शर्माले जानकारी दिए।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap