
साइप्रसमा बस्दै आएकी दुलालले यसअघि पनि विद्यार्थीहरुलाई सहयोग गरेकी थिइन् । आइतबार दोस्रो चरणमा उनले समस्यामा रहेका विद्यार्थीहरुलाई दशैंको मुखमा केही सहज होस् भनेर राहत उपलब्ध गराएको बताइन् । साइप्रसमा नेपालीलाई समस्या पर्दा सहयोग गर्न पछि नपर्ने स्वभाव रहेको छ। नेपालमा पनि चेपाङ समुदायका बालबालिका देखि दीनदुःखीलाई सहयोग गर्दै आएकी उनको यो स्वभाव विदेशी भुमिमा पनि कायमै छ ।