खैराबाङ मन्दिर आउदै गरेको जिप दुर्घटना: २ जनाको मृत्यु

कर्णाली समाचार
0 Shares

सल्यानको कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जिप सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।                                              घाइतेहरु मध्ये एक जना महिलालाई खलंगा रिफर गरिएको छ भने अन्य घाइतेहरुको उपचार बागचाैरमा रहेको जनप्रिय पोलिक्लिनिकमा भइरहेको बताइएको छ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap