धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए।
शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका थिए। उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए ।
आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदीमा फेला परेको थियो। यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोमिटर टाढा भेटिएको थियो ।