केपी ओली कागजी बादशाह मात्र हुन: रामकुमारी झांक्री

मुख्य समाचार
2 Shares

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी वादशाह हुन उनी ढलिसके अब घोषणा गर्न मात्र बाँकी भएको बताएकी छन् । नेकपाको दाहाल नेपाल समुहले भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओली कागजी बादशाह जस्तै सडक सडक बादशाह जस्तै तस्वीर टाँगिएको बताइन् । उनले खड्गप्रसाद ओली व्यक्ती नभई प्रवृति भएको भन्दै ओली प्रवृतिको कहिल्यै नदोहोरिने शासन व्यवस्थाका लागि अहिले अन्तिम लडाई भइरहेको बताइन् ।

उनले नागरिकका विरुद्ध हुने सवै षड्यन्त्रका विरुद्ध र षड्यन्त्रकारीहरुका विरुद्धमा बोल्न पाइने पनि बताइन् । उनले ओली र राष्ट्रपति विद्या भण्डारी प्रति लक्षित गर्दै आज दरवारमा जस्तै रजाँइ गर्नेहरु हिजो संघर्षका विरुद्धमा कहाँ थिए भनि प्रश्न गरिन् । उनले आफुहरु संविधान च्यात्नेका विरुद्ध बोल्नका लागि हामी जन्मेको बताइन । नेतृ झाँक्रीले राष्ट्रपति सम्मानित संस्था हाम्रो रगत पसिनाबाट आएको भन्दै त्यो संस्थालाई बदनाम गर्ने अनि प्रधानमन्त्रीको सहयोगी जस्तो गरेर संविधान च्यात्न सहयोगीहरुका विरुद्ध बोल्न पाइने बताइन् ।

उनले सन्की प्रधानमन्त्रीको प्यादा बोल्नेका विरुद्ध बोल्नैका लागि नेपाली जनताले लडाई लडेको बताइन् ।उनले नेकपाको भगिनी संगठन अनेमसंघलाई बिद्या भण्डारीले पेवा बनाएको भन्दै अनेमसंघ भागरथी भट्टका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रालय पुगेकी पुगेनन् भनि पनि प्रश्न गरिन् । केहि समय अघि अनेमसंघका तर्फबाट झाँक्रीलाई कारवाहीको माग गर्दै गृहमन्त्रालयमा पुगेका थिए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap