केपी ओलीले चुनाव नै गर्न सक्दैनन: कांग्रेस सभापति देउवा

मुख्य समाचार समाचार

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा विहिवार पर्वतको फलेवास पुगेर केपी ओलीले चुनाव नै गर्न नसक्ने बताएका छन। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक  संसद विघटन गरि घोषणा गरेको मध्यावधि चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने बताउदै आएका सभापति देउवाले पर्वतमा पुगेर यस्तो बतााएका हुुन। संसद पुनस्थापना अदालतको विषय भन्दै चुनावमा ध्यान केन्द्रीत गर्न आम कार्यकर्तालाई निर्देशन दिदै आएका सभापति देउवा सुरुमा आन्दोलनको घोषणा गर्न समेत तयार थिएनन।

वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबले आन्दोलन घोषणा गरेका देउवाले विहिवार पर्वतमा पुगेर ओलीले चुनाव गराउन सक्दैनन् भनेपछि उनको बोली फेरिएको हो कि भन्ने आम नागरिकमा चासो बढेको छ। देउवालाई बुधबार साँझ प्रधानमन्त्रीको अफर बोकेर पुष्पकमल दाहाल र माधव नेपालले निवासमै गएर भेटेपछि उनको बोली केही फेरिएको अनुमान पनि गरिएको छ। दाहाल नेपालले संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री बन्न अफर गरेका थिए ।बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर बोकेर पुष्पकमल दाहाल र माधव नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेसँगै देउवाको बोली केही फेरिएको राजनीति बृतमा चर्चा सुरु भएको छ ।

पार्टीले घोषणा गरेको विरोध सभामा समेत निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिँदै आएका देउवाले बिहीबार पर्वतमा ओलीले चुनाव गराउदैनन भन्नु दाहाल र नेपालले गरेको प्रधानमन्त्रीको अफरको असर हुन सक्ने राजनीति विश्लेषकहरुले अनुमान छ। दाहाल नेपालसंगको भेटमा देउवाले धोका पाइने शंका व्यक्त गरेको उनी निकट केन्द्रीय सदस्यले बताएका छन् । । ओलीको कदमलाई अलोकतान्त्रिक भन्दै कांग्रेस यतिवेला सडकमा संघर्षमा छ । दाहाल नेपालसंगको छलफलमा देउवाले पार्टी बैठकमा छलफल गर्ने मनसाय सुनाएको कांग्रेस नेताहरु बताउँछन्।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap