काठमाडौंको एक अस्पतालमा उपचाररत विप्लव समुहका नेता पक्राउ

समाचार
0 Shares

भदौ २२,  काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । भदौ १६ गते सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार  काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । उनले अस्पतालमा आफ्नो नाम बदलेर रुद्र सुनारको नाममा भर्ना भएका थिए ।

अपहरणमा संलग्न ७ जना सोहि दिन पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलले बताइन । सुनुवार घटनापछि भागेर काठमाडौं पुगेका थिए । भाग्ने क्रममा उनको खुट्टा भाँचिएको र उपचारका लागि नाम बदलेर भर्ना भएको पाइएको एसपी सिग्देलले जानकारी दिइन ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap