नेपाली कांग्रेस, सल्यानले वागचौर नगरपालिका वडा नं १२ बाफुखोलामा राहत वितरण गरेको छ। नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति ध्रुवराज पुरीको प्रमुख आतिथ्यमा बाढीपहिरो पीडितलाई ३६ हजार १ सय नगद र कोरोना संक्रमणबाट बच्न मास्क र सेनिटाइजर वितरण गरेको हो।
कार्यक्रममा नेपाली कांग्रेस, सल्यानका नेता ध्रुवराज पुरीले प्राकृतिक विपत्तिलाई सबै मिलेर सामना गर्नुपर्ने बताए। नेपाली कांग्रेसले अंगालेको लोकतान्त्रिक समाजबादको बाटोमा हिड्न पहिले त्यो संस्कृतिको अवलम्बन गर्नुपर्नेमा जोड दिए। नेता पुरीले उदाहरण दिंदै भने – एक भैंसीको दुध १०० घरधुरीले बाँडेर खानु भन्दा पनि १०० घरधुरीलाई नै भैंसी पाल्ने वातावरण बनाएर सबैलाई दुध खाने अवस्थामा पुर्याउनु नै सच्चा समाजवाद हो।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा उमेदवार एवं महासमिति सदस्य एकराज डाँगी , महासमिति सदस्य एवं त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगी, नेपाली कांग्रेस सल्यानका सहसचिव सन्तोषसेन ओली, शारदा नगरपालिका प्रमुख शुरेश अधिकारी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यहरु कमानसिंह डाँगी र पदम बुढाथोकी, बागचौर नगर सभापति जनकराज गौतम, युवानेताहरु नेत्र ओली, गजाधर भट्टराई, द्रोण चन्द, डिल्लीबहादुर बुढाथोकी, राजेश गिरी, भिमप्रकाश भन्डारी, पेशल डाँगी, चन्द्रप्रकाश डाँगी, चम्मन बुढाथोकी, राजेन्द्र चलाउने, लोकबहादुर भण्डारी , नेतृ देवी बुढाथोकी लगायतको सहभागिता रहेको थियो।
बागचौर नगरपालिका वडा नं १२ का वडा सभापति टिकाराम ओलीले १५ हजार नगद, २ हजार थान मास्क र १० लिटर स्यानिटाइजर सहयोग गर्ने नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी दिपेन्द्रकुमार खत्री लगायत अन्य सहयोगी व्यक्तित्वलाई र यो अवसर जुटाइदिने नेपाली कांग्रेसलाई धन्यवाद व्यक्त गरे।