कांग्रेस सल्यानका सचिव भण्डारीद्वारा ६१ हजार ५ सय बीस रुपैया युथ अफ सल्यान फाउन्डेसनलाई हस्तान्तरण

कर्णाली समाचार स्वास्थ्य
65 Shares

सल्यानका असहाय असक्त बिरामीहरुलाई सहयोग गर्दै आइरहेको युथ अफ सल्यानका संयोजक अनिल भण्डारीलाई नेपाली  कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले एक कार्यक्रमका विच सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन ।
भिरबाट लडेर उपचार नपाई गम्भिर बिरामी परेका बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का  झुपबहादुर बुढाको उपचारका लागि नेपालबाट अध्ययन र रोजगारीको लागि जापान पुगेका दाजुभाइले सो रकम उठाएको भण्डारीले बताए । झुप बहादुर बुढाको उपचारको लागि सहयोग रकम संकलन गरेको भएतापनि उपचारको लागि आवश्यक रकमको जोहो भईसकेकोले सो रकम आर्थिक रुपमा कमजोरहरुलाई सहयोग गर्न युथ अफ सल्यान फाउन्डेसनलाई हस्तान्तरण गरेको बताए।

नेपालबाट जापान गएका विभिन्न पेशामा संलग्न सामाजिक सेवामा लागेका साथीहरूले गरेको सहयोग आर्थिक रुपमा विपन्न सल्यानीहरुको स्वास्थ्य उपचारमा नै खर्च गर्ने संयोजक भण्डारीले प्रतिबद्धता जनाए। सामाजिक काममा नै रमाउने सल्यानका आशालाग्दा युवा नेता प्रकाश भण्डारीले गरेको सेवामुखी कार्यका प्रति संस्थाको तर्फबाट आभार प्रकट गरे।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap