कांग्रेस महामन्त्रीले दिए अस्पतालबाटै भिडियो सन्देश

मुख्य समाचार समाचार
10 Shares

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिदै एक भिडियो सन्देश दिएका छन। कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेशनमा बसिरहेका बेलामा ज्वरो आएपछि ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले भिडियो सन्देश दिएका हुन।

कोइरालाको नीजि सचिवालयको फेसबुक पेजमा सार्वजानिक गरिएको भिडियो सन्देशमा कोइरालाले आफु कोरोना संक्रमणका कारण ओम अस्पतालको आइसोलेशनमा रहेको बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केहि दिनमा अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । आम नागरिकलाई चिन्ता नगर्न भन्दै केहिदिन अस्पताल बस्ने बताएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap