कांग्रेस बलियो बनाउन ठिक नेतृत्वको हातमा कांग्रेस लैजानुपर्छ : प्रकाशमान सिंह

मुख्य समाचार समाचार
8 Shares

नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन र कांग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा कांग्रेस लैजानु पर्ने बताएका छन। नेपाल महिला संघले बुधबार संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक ‘भर्चुअल’ कार्यकममा कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन यसैले कांग्रेस बलियो बनाउनका लागि ठीक नेतृत्वको हातमा कांग्रेसलाई लैजानु पर्ने बताए।

उनले नेपाली महिलाको हक, अधिकारका लागि मंगलादेवीले आवाज उठाउनुभएको उल्लेख गर्दैै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व. सिंह भएको स्मरण गरे । पार्टीको १४ औं महाधिवेशनका लागि महिलाहरू क्रियाशील हुन जरुरी रहेको सिंहको भनाइ थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गर्दै  मंगलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका बताए।

प्रतिशतभन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने र सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्नेमा प्रवक्ता शर्माको जोड रहेको थियो।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको बताइन।

अर्का केन्द्रीय सदस्य सीता गुरुङले पार्टीको विधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिलाको अधिकार कार्यान्वयनका लागि महिला संघले दवाव दिनुपर्नेमा जोड दिइन् ।

महिला संघकी अध्यक्ष उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला संघको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि तयार रहन आग्रह गरिन्।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap