कांग्रेस केन्द्रीय सदस्य गगन थापालाई कोरोना पुष्टि

मुख्य समाचार स्वास्थ्य
0 Shares

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय कार्य समिति बैठकअघि उनले स्वाब टेस्ट गराएका थिए। आज आएको नतिजा पोजेटिभ रहेको थापाले बताएका छन्। 

कोरोना भाइरसको संक्रमण देखिएपछि नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।”

काङ्ग्रेसकै अर्जुननरसिंह केसीसहित तीनजना केन्द्रीय सदस्य कोभिड सङ्क्रमित छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap