कांग्रेस कसैको वपौती होइन, अन्यायका विरुद्ध विद्रोह जरुरी छ : कांग्रेस नेता सुरेश चन्द

मुख्य समाचार
0 Shares

नेपाली कांग्रेस सल्यानका नेता सुरेश चन्दले कांग्रेस कसैको वपौती होइन, अन्यायका विरुद्ध विद्रोह जरुरी रहेको बताएका छन। नेपाली कांग्रेस, सल्यान प्रदेश क का सभापति सुरेश चन्दले नेपाल मुनसित कुरा गर्दै सो कुरा बताएका हुन।                                                      सल्यान जिल्लाको पार्टीगत मतलाई वेवास्ता गरि सल्यानको निर्णय गरिए विद्रोह जरुरी रहेको बताए। कांग्रेस सभापतिले केवल सत्ताका लागि र आफ्ना वरिपरिकालाई संरक्षण गर्ने नियतले गठबन्धन गर्न खोजेको आरोप लगाए। नेपाली कांग्रेसका कार्यकर्ताको भावना विपरीत टिकट वितरण हुन लागेकाले समग्र सल्यानको विषयमा आफूले मुख खोल्न बाध्य भएको बताएका हुन।                              गठबन्धन के का लागि ? गठबन्धन भयो भने देशले के प्राप्त गर्छ? यी ठुला प्रश्न हुनसक्छ्न तर गठबन्धन गर्दा जिल्ला, क्षेत्र, प्रदेशको राय आवश्यक पर्छ कि पर्दैन ? कि केन्द्रले जे भन्छ त्यही मान्दिनुपर्छ? यदि यही हो भने हामी लोकतन्त्रको नाममा चरम दासता स्वीकारिरहेका हुनेछौं।                                                                          नेता चन्दले भने, – सल्यान जिल्लाको सन्दर्भमा गठबन्धनका सवालमा यदि पहिला जितेको र सान्दर्भिक जनमतका आधारले पनि संघमा नेकपा माओवादीको दाबी स्वभाविक होला तर माओवादीले संघ छोड्न तयार हुँदा बलियो जनमत भएको नेपाली कांग्रेसले पाउनु पर्छ कि पर्दैन ? गठबन्धनका नाममा टीका लगाइदिन के सम्भव छ ? यदि प्रत्यक्ष संघमा नेकपा माओवादीले पाउने हो भने नेपाली कांग्रेसलाई संघीय समानुपातिक र प्रदेशको सुनिश्चितता जरुरी भएको बताए।                                                                                 राजनीति समाजसेवाको लागि हो। समाजको आमूल परिवर्तन गर्न सकिएन भने राजनीति गर्नुको कुनै अर्थ नहुने बताए। नेता चन्दले भने, – समाज र संगठनका लागि केहि गर्छु भनेर नै राजनीतिमा आएको हो। दुई पैसाको कोटेसनमा रमाउने व्यक्ति म होइन। चाहे मर्न किन नपरोस अन्यायका विरुद्ध विद्रोह गर्न तयार छु।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap