कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्ता घटक दलहरु नेकपा माओवादी र नेकपा एमालेबिच मंगलबार भएको सहमति अनुसार दुवैदलले मन्त्री पठाएसँगै सरकारले पूर्णता पाएको हो।
कर्णाली प्रदेश सरकारमा नेकपा माओबादी केन्द्रका संसदिय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री र नेकपा एमालेबाट सांसद बिनोद शाह,नेकपा माओबादीबाट सांसद मंगल शाही यस अघि नै मन्त्री नियुक्त भईसकेका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको प्रदेश सरकारमा बाँकी चार जना नयाँ मन्त्री र एक जना राज्यमन्त्रीको आज सपथ लिए । प्रदेश प्रमूख तिलक परियारको कार्यालयमा नयाँ मन्त्रीहरुलाई सपथ खुवाइएको हो।
नेकपा माओबादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री, कृष्ण जिसी जितेन्द्र आन्तरिक मामिला तथा कानुन मन्त्री, मंगलबहादुर शाही भौतिक पुर्वाधार विकास मन्त्री, भीमप्रकाश शर्मा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री र उर्मिला विस्वकर्मा भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत राज्यमन्त्री नियुक्त भएका छन् । यस्तै नेकपा एमालेबाट बिनोद शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ल उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री नियुक्त भएका छन् ।